प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस् : प्रदीप पौडेलले

7.51K
shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रको हत्या गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

उनले सांसद अपहरण गर्ने मानवताविरोधी अपराधमा जोडिएपछि ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिक आधार नरहेको पनि टिप्पणी गरेका छन् । नेता पौडेलले ट्विट गर्दै प्रधानमन्त्री ओलीको राजीनामासमेत माग गरेका हुन् ।

“बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्रीज्यू– सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो रु” नेता पौडेलले लेखेका छन्, “तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्, प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस् ।”