नुवाकोटका बामपन्थी नेता अर्जुन भण्डारीको निधन
वि.सं.२०७७ जेठ १३ मंगलवार १४:३५
7.7K
shares
shares

काठमाडौं । नुवाकोटका बामपन्थी आन्दोलनका धरोहर अर्जुन भण्डारीको निधन भएको छ ।उनको नुवाकोटको तुप्चेस्थित घरमा सोमबार राति निधन भएको हो ।
भण्डारी केही समययता नसासम्बन्धी रोगले ग्रस्त थिए । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नहुने देखिएपछि उनकै इच्छा अनुसार उनलाई सोमबार एम्बुलेन्समामार्फत तुप्चे लगिएको थियो ।





























