‘बिधि र प्रतिशपर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त गरौ’ : रञ्जित तामाङ
वि.सं.२०७७ असार ४ बिहीवार ०९:२८
shares

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा दिव्या सिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक समेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको हो। ओलीको निर्देशनपछि त्रिवि कार्यकारी परिषदले शाहलाई डिन नियुक्त गरे पछि चौतर्फी बिरोध भएको छ ।
सत्तारुढ दल निकट भातृ संगठन अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले आईओएम डिन नियुक्त गलत भएको भन्दै आपत्ती जनाएका छन् । बिधि संगत प्रतिशपर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त गरिनु पर्छ भन्ने संगठनको माग भएको भन्दै खुला प्रतिशपर्धाबाट छनौट गर्नु पर्ने बताए ।
शाहलाई डिनमा नियुक्त गरेसँगै केही बर्षदेखि वरिष्ठताका आधारमा नियुक्त हुने परम्परा तोडिएको भन्दै , तत्काल सच्याउनु पर्ने तामाङको भनाई छ । उनले सामाजिक संञ्जलमा लेख्दै सो कुरा बताएका हुन् ।
सामाजिक संञ्जलमा उनले भनेका छन्, आईओएममा फेरि गलत भयो ।
बिधि संगत प्रतिशपर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त गरिनु पर्छ भन्ने संगठनको माग हो । खुला प्रतिशपर्धाले हाम्रो भन्दा राम्रो ब्यक्ति छनौट गर्छ । तर सरकारले बिधि र प्रतिशपर्धाबाट नभई राम्रो भन्दा आफ्नो निकटका ब्यक्तिलाई उपहार वा पुरस्कार स्वरुप पद बाड्दा शिक्षण संस्थामा हामीले खोजेको गुणस्तर कदापि सम्भव छैन । कम्तिमा IOM को डिन नियुक्ति बिगतमा बरिष्ठताका आधारमा गरिएको थियो तर यस पटक त खुला प्रतिशपर्धा टाढाको कुरा बरिष्ठता समेत मिचियो । जो गलत छ, यसलाई सच्याउनु पर्छ ।पोखरा विश्वविद्यालयमा लामो समय देखि पदाधिकारी बिहिन छ,जसका कारण विश्वविद्यालय लथालिङ्ग बनेको छ । सरकारले आबेदनको नाटक गरेको बर्षदिन कट्यो तर अझै आफ्नो निकट एसम्यान नपाएर सायद पदाकारि नियुक्त गरिएको छैन । यो स्वछन्दता र गैरजिम्मेवार प्रबृतिका बिरुद्ध बिधि र खुला प्रतिशपर्धाको पक्षमा लागौ ।
उनी आईओएमको वरिष्ठतामा १७ औ नम्वरमा थिईन । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठन भएको सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठलाई डिनका लागि सिफारिस गरेको थियो । आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।













