एमालेप्रति नेता तामाङकाे टिप्पणी : धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन
वि.सं.२०८० जेठ ९ मंगलवार २०:४२
shares

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङले संसदमा एमालेले अहिले गरेको नीति तथा कार्यक्रमको विरोधबारे टिप्पणी गरेका छन् ।
नेता तामाङले निति योजना कार्यक्रम चिन्तबुझ्दो बन्दैन महोदय, धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन भन्दै अालाेचना गरेका छन् । संसदमा नीति तथा कार्यक्रमप्रती एमालेले नकारात्मक टिप्पणी गरे पछि नेता तामाङले यस्ताे प्रतीक्रिया दिएका हुन् ।
उनले यस्ताे भनेका छन् : निशेधको कलममा कुण्ठाको मसिले जति पटक पुनरलेखन गरे पनि”निति योजना कार्यक्रम” चिन्तबुझ्दो बन्दैन महोदय, धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन , जसरि तपाईको हिनता र आग्रहको फ्लप लिखत पुन कलिब्यासहरुले लेखेका हुन् ।
तपाई मञ्चित ” आदर्श राम राज्यको” नाटकको दर्शकदिर्धामा हामी साक्षि बसेकै हो।यसर्थ यो निति-योजना भाग २ हो पनि भनिएको छैन कतै । यत्ति हो,बाम बिभाजनको डोको भित्र उम्रदै गरेको सिउडीका सामु जनअपेक्षा,बर्तमान आवश्यकता र युगको आह्वान बिच सहमति र सहकार्यको झण्डा नवपुस्ताले उठाउला कि भन्ने अपेक्षा बिच ”सति” कै फेरो समात्ने झुर पुस्ताको समयले हिसाव राख्ने छ ।





























