राजनीतिक पुर्वाग्रहको आँखामा ‘विवादास्पद’ तर बौद्ध समुदायको पवित्र धर्म गुरु डा.लामा

164.67K
shares

श्याम रोक्क। धर्म गुरु डा. ल्हारक्याल लामा लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष पदमा  उपयुक्त मात्र होइन इतिहासकै सबै भन्दा अब्बल र सक्षम पात्र हुन् ।

दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका धर्म गुरु  पुर्व मन्त्री तथा प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) माननीय संविधानसभा सदस्य डा. ल्हारक्याल लामालाई  विभिन्न समयमा राजनीतिक पुर्वाग्रह सहित विभिन्न आरोपहरु लगाइयो जसको कारण उनलाई विरोधीहरु विवादास्पद व्यक्तिको संज्ञा  दिने गर्छन्।

७५ वटै जिल्लामा विदेशी धर्मको प्रभाव रोकथाम तथा बौद्धमार्गीमा जागरण ल्याउँदै बुद्धका उपदेश दिने अभियान चलाएर मानव जातिको सेवा सक्रिय भएर राजनीतिमा प्रवेश गरेका धर्म गुरु डा. लामा माथी विभिन्न राजनीतिक हमला भए।

तर त्यसको कुनै आधार छैन, किन भने धर्म गुरु डा.लामा माथि लगाइएका सबैखाले आरोप राज्यका संवैधानिक र न्यायिक निकायबाट खारेज गरी सफाइ पाइसकेका छन् ।

विरोध गर्नु आफ्नो धर्म ठान्ने विरोधी मानसिकता भएका व्यक्तिहरू आफुले प्राप्त गर्दा सबै कुरा योग्य हुने तर अरुले प्राप्त गर्दा उत्कृष्ट  व्यक्ति पनि अयोग्य हुने भन्ने विरोधी मानसिकताको उपज बाहेक अरु केही होइन।   धर्म गुरु डा.लामाको समाजसेवा र इतिहासलाई गहिरो गरि बोध गर्ने हो भने वास्तवमा उनी मानव जगतकै प्रेरणाका श्रोत हुन्  ।

धर्म गुरु डा.लामा अहिले बुढानिलकण्ठ  बस्छन् । उनी प्राय विहान उठ्छन ।  बुद्धको अनुसरण गर्छन्, ध्यान गर्छन् , कुनै पदमा न हुँदा पनि निरन्तर विश्वभर  धर्मको प्रचार अनि  विहान देखीनै बौद्ध धर्मावलम्बी सग भेटघाट र मानव र प्राणीको सेवामा लाग्छन् ।

सुन्दा  किम्बदन्ती जस्तै लाग्छ, तर झण्डै आज भन्दा १६ वर्ष अगाडि उनी पुर्जाको लागि फर्पिङ जाँदै थिए, चक्रपथ न पुग्दै  बाटोमा  खसी काट्न लहरै ११ वटा खसी बाधेको देखे, त्यसपछि धर्म गुरुको मनमा ती जन्तु देख्दा अप्रिय अनुभुती गरे, जसको कारण  उनले सबै खसीहरु किनेर फर्पिङमा लगेर भगवान गौतम बुद्धको नाममा चढाएर पाल्न लगाए,  यस्ता कयौं उदाहरणहरु छन् जुन प्रेरणा उनीबाट हासिल गर्न सकिन्छ। जसको आत्मा शुद्ध मात्र होइन पवित्र छ भन्ने बुझ्न सकिन्छ।

नेपालमा बौद्ध धर्म सम्बन्धि ध्यान तपस्या एवं अनुसरण गरेका धर्म गुरु  डा. लारक्याल लामा  बुद्ध धर्मका आस्था र प्रेरणाका श्रोत हुन् । धर्म गुरु डा.लामाले बुद्धको अनुसरण गर्ने सयौं भिक्षुहरु तयार बनाए । बुद्धको पवित्र पथमा  हिड्न प्रेरणा जगाए सबै जाति, धर्म, भाषा भूगोललाई पक्षपात नगरि समेटेर उनले पवित्र सन्देश दिए।

धर्म गुरु डा.लामा समाजसेवी पनि हुन् । लामो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहाकार समितिमा समेत रहेर काम गरेका पुर्व मन्त्री लामा अध्यक्ष प्रचण्डको एक विश्वासिलो पात्रको रुपमा चिनिन्छन् ।

पुर्व मन्त्री समेत भई सकेका लामो समय बिभिन्न विशिष्ट क्षेत्रमा काम गर्दै आएका धर्म गुरु डा.लामालाई उपाध्यक्ष नियुक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय आफै चासो देखाएका  हुन् ।

सन् २०१२ देखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (आईबीसी)को स्थायी कमिटीमा रहेका धर्म गुरु डा.लामा सन् २०१६ देखि हालसम्म आईबीसीको सचिव निर्वाचित भई कार्यभार सम्हाल्दै आएका छन् । आईबीसी सयौं देशका बुद्धिस्टहरुको छाता संगठन हो र यसमा सरकारहरु नै आबद्ध छन् ।

हालैमात्र भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल बुद्धिस्ट समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित त्यहाँका विदेशमन्त्री र संस्कृतिमन्त्री सहभागी कार्यक्रममा डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा छ भन्ने यथार्थ स्वीकार गर्न कसैले कञ्जुस्याइँ गर्न नहुने धारणा राखेर विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भए । धर्म गुरु डा.लामाको जिम्मामा लुम्बिनी विकास कोष आएपछि उनको यो अभियान अन्तर्राष्ट्रियकरण हुने कुरामा कुनै शंका छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083