लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं नलैजाने उपाध्यक्ष डा.लामाको स्पष्टीकरण
वि.सं.२०८० साउन २७ शनिवार १६:०१
shares

लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं लैजाने प्रस्तावमाथि पुनर्विचार गर्ने स्पष्टीकरण दिएका छन् । लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएपछि डा.लामाले सम्पर्क कार्यलयलाई काठमाडौ लैजाने पुरानो निर्णयलाई सदर गरेका थिए।
आफू बुद्धजन्मस्थल लुम्बिनीलाई विभाजन गर्न नभई बनाउन आएकोले लुम्बिनीका बासिन्दाको भावनामा ठेस पुग्ने गरी कुनै काम न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
त्यस्तै डा. लामाले मायादेवी मन्दिरको जीर्णोद्धारको लागि आफूले ७ करोड रुपैयाँ उपलब्ध गराउने विषयलाई अनावश्यक रूपमा टिकाटिप्पणी भएको प्रति असन्तुष्टी जनाउदै मायादेवी मन्दिरको जीर्णोद्धारको लागि आफ्नो वैधानिक स्रोतबाटै ७ करोड रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेका छन्।
अहिले पनि काठमाडौंमा ६-७ स्थानमा मेरो जग्गा जमिन छ, जुन स्थानको जग्गा छिटो बेचबिखन हुन्छ त्यहि जग्गा बिक्री गरेको पैसा मायादेवी मन्दिरको जीर्णोद्धारको लागि उपलब्ध गराउँछु उपाध्यक्ष डा. लामाले स्पष्ट पारेका छन् ।





























