‘विश्व शान्तिको प्रस्थान बिन्दु नेपाल हो र त्यसको अपनत्व लुम्बिनीले लिनु पर्छ’: उपाध्यक्ष डा.लामा
वि.सं.२०८० भदौ ९ शनिवार ११:४६
shares

लुम्बिनी । लुम्बिनी बौद्ध महिला समिति द्वारा आयोजित तीन महिने पुजा कार्यक्रममा माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बुद्ध धर्म एसियाको मात्र ज्योति नभई समग्र विश्वकै ज्योति भएको बताएका छन् ।
विश्व शान्तिको प्रस्थान बिन्दु नेपाल हो र नेपालको पनि लुम्बिनी भएकाले लुम्बिनी बासिन्दा पनि बुद्ध र बुद्धमार्गी बनेर यसको अपनत्व लिनपर्ने धारणा व्यक्त गरेका हुन् संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुका लागि पवित्र गन्तव्यको रुपमा रहेको लुम्बिनीमा संसारभर शान्तिकामी नागरिकहरुको स्वागतको लागि आफू आतुर रहेको समेत बताएका हुन् ।

त्यस्तै कार्यक्रममा राजकिय लुम्बिनी बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते, लुम्बिनी साँस्कृतिक नगरपालिका उपमेयर कल्पना हरिजन लुम्बिनी बौद्ध महिला समितिको अध्यक्ष विष्णु कुमारी बस्याल लगायतले कार्यक्रममा स्वागत सहितको आफ्नो धारणा राखेका थिए।





































