उपाध्यक्ष डा.लामा द्वारा गणतन्त्रको शुभकामना: ‘नेपाललाई शान्ति र ज्ञानभुमीको देशरुपमा चिनाउन चाहान्छौ’
वि.सं.२०८० असोज ३ बुधवार १४:१९
shares

काठमाडौं । माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव र शान्ति कायमको अपेक्षा गर्दै उपाध्यक्ष डा.लामाले नेपाल ज्ञान र शान्ति भुमि बनाउन गणतन्त्र दिवसले टेवा पुर्याउने कुराको समेत विश्वास व्यक्त गरेका छन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षका क्रममा ज्यान गुमाएका सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।
































