सडक देखि स्वरोजगार सम्म: युवराज दुलालको प्राथमिकता
वि.सं.२०८२ माघ १० शनिवार १४:५३
shares

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार युवराज दुलाल पछिल्लो समय जिल्लामा विकास, पूर्वाधार र जनजीविकाका मुद्दालाई मुख्य एजेन्डा बनाएर सक्रिय देखिएका छन् । लामो समयदेखि स्थानीय राजनीति र सामाजिक सेवामा क्रियाशील दुलाललाई जनतासँग नजिक रहने र काम केन्द्रित नेता का रूपमा हेरिँदै आएको छ ।
दुलालले स्थानीय तहको राजनीति हुँदै विभिन्न सामाजिक तथा विकास निर्माणका अभियानमा सक्रिय भूमिका निभाउँदै आएका छन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी का विषयलाई प्राथमिकतामा राखेर उनले निरन्तर आवाज उठाउँदै आएका छन् । स्थानीयवासीका अनुसार उनी समस्या परेपछि मात्रै होइन, समस्या आउन नदिन अग्रसर हुने नेता का रूपमा परिचित छन् ।
युवराज दुलालले सिन्धुपाल्चोक–२ भित्र गरेको कामहरु
गाउँ–बस्ती जोड्ने ग्राभेल तथा पक्की सडक निर्माण र स्तरोन्नति मा पहल
खानेपानी आयोजना विस्तार र मर्मतका लागि स्थानीय र प्रदेश तहमा समन्वय
विद्यालय भवन र स्वास्थ्य चौकी सुधार तथा निर्माणमा सहयोग
बाढी–पहिरो र विपद्का बेला राहत, उद्धार र पुनर्स्थापना मा सक्रिय भूमिका युवालाई लक्षित सीपमूलक तालिम र स्वरोजगार कार्यक्रमका लागि पहल कृषिप्रधान क्षेत्र मानिने सिन्धुपाल्चोक–२ मा दुलालले कृषकका समस्या, मल–बीउ, सिँचाइ र बजार व्यवस्थापन का विषयलाई निरन्तर उठाउँदै आएका छन् । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसानको आम्दानी बढाउने योजनामा उनी केन्द्रित देखिन्छन् ।
दुलाललाई समर्थकहरू “जहाँ समस्या, त्यही पुग्ने नेता” का रूपमा चित्रण गर्छन् । विवाह, दुःख–सुख, विपद् र सामाजिक काममा निरन्तर उपस्थित रहने उनको शैलीले उनीप्रति जनविश्वास बढ्दै गएको स्थानीयको भनाइ छ ।
स्थानीयवासीहरू भन्छन्,- “ठूला भाषणभन्दा काममा विश्वास गर्ने नेता हुन् युवराज दुलाल । स्थानीय तहमा देखिएको सक्रियता अब केन्द्रमा पुगेर पनि देखिनुपर्छ भन्ने हाम्रो चाहना हो ।”
















