भोट माग्न इलाम पुगे बालेन शाह
वि.सं.२०८२ माघ ८ बिहीवार ११:२०
3.59K
shares
shares

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन्। उनी पार्टीका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न इलाम आइपुगेका हुन्।
शाहले इलामका विभिन्न क्षेत्रहरूमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। उनले मतदातालाई आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका छन्। स्थानीयसँग संवाद गर्दै उनले सुशासन, विकास र युवाको सहभागितालाई प्राथमिकतामा राख्ने पार्टीको नीति प्रस्तुत गरेका छन्।
यसअघि गत मंगलबार शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि बुधबार उनी झापाका विभिन्न स्थानमा पुगेर मतदातासँग भलाकुसारी गर्दै चुनावी प्रचारमा सक्रिय भएका थिए।





















