विद्युतीय बस सञ्चालनका गर्न मार्ग तयार

Nepal Life Insurance Long Ad

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

उहाँले आज रासससँग कुरा गर्दै चार्जिङ स्टेशन निर्माणका लागि ११९ स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको बताउनुभयो ।

उहाँका अनुसार यसका लागि भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ स्थानीय तहले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा पठाइसकेका छन् ।

चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा गृहकार्य गरिरहेका छन् ।

मन्त्री फुयाँलले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक र उपकार्यकारी निदेशक पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको जानकारी दिँदै योग्यता र क्षमताका आधारमा नियुक्ति गरिने बताउनुभयो ।

प्रदेश सरकारको पहिलो नीति कार्यक्रममा प्रदेशभित्र आगामी २०८५ साल वैशाखसम्ममा इन्धनबाट चल्ले सवारी साधनलाई विस्थापन गर्ने र विद्युतीय सवारी साधनलाई वैकल्पिकरुपमा उल्लेख छ ।

यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि
धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ ।

चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । जुन गत वर्षको तुलनामा सात प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिकटनले बढी रहेको छ ।

जिल्लामा कूलखेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसको उत्पादकत्व ३.०९ प्रतिशत रहेको छ । आव ०७६÷७७ मा धानको उत्पादन एक लाख ८७ हजार ७५७ मेट्रिक टन भएको थियो ।

किसानले रैथाने जातको तुलनामा बढी उत्पादन दिने उन्नत जातका सङ्ुख्खा १,२,३,४,५,६, सावा मन्सुली, राधा ४, १४ सेहराङग सब १, डिआरआर ४४, हर्दिनाथ १ र राम धानलगायतका धानखेतमा रोप्न थालेपछि उत्पादनमा वृद्धि हुँदै जान थालेको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताउनुभयो ।

“धानखेतीका लागि पावर टिलर, रोटाभेटर, रिपर, थ्रेसर, सिँचाइका लागि पम्प सेट, विद्यूतीय मोटर, सोलार पम्पलगायतको प्रयोगलाई बढावा दिन थालिएपछि उत्पादन बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “प्रति वर्ष कृषि ज्ञान केन्द्र, निर्देशनालय र प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्तर्गत किसानलाई आधुनिक यन्त्र ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थालेसँगै धानको उत्पादन बढ्दो रुपमा रहेको छ ।”

धानखेतीमा यान्त्रीकरणको प्रयोग बढेसँगै लागत खर्च र महिलाको कार्यबोझसमेत घटेको शुक्लाफाँटा नपाको पिपलाडीका किसान चेतराम चौधरी बताउनुहुन्छ । दिनहुँ लगाएर पहिला जस्तो हसियाको प्रयोग गरी मजदूर लगाएर धान काट्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । धान काटनका लागि पावर टिलरमा रिपरको प्रयोग हुन थालेपछि काम गर्न निकै सहज भएको उहाँको भनाइ छ ।

बेलैमा रासायनिक मलको आपूर्ति हुनसके धान उत्पादन अझै बढनसक्ने धानखेतीमा संलग्न किसानको भनाइ छ । धानखेती हुने क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था गरिएपछि किसानले समयमै कृषि यन्त्र र मेसिनको प्रयोग गरी धानखेती गरी बढी उत्पादन लिन थालेका हुन ।

खेतका लागि प्रयोग हँुदै आएको कूल जग्गाको ७०.२ प्रतिशत(३९ हजार आठ सय हेक्टर) जग्गामा सिँचाइ सुविधा पुगेको छ । किसानले रोपाइँ गरेर र छरुवा विधिबाट धानखेती गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सात स्थानीय तहका ४२ वडालाई समेटेर धान सुपरजोन कार्यक्रम सञ्चालन भइरहेको छ । जसअन्तर्गत छ हजार ४६२ दशमलव ४३ हेक्टरमा उन्नत धानखेती हुँदै आएको छ । धान सुपर जोनमा आवद्ध किसानलाई अनुदानमा कृषियन्त्र, मेसिन र सिँचाइका लागि पम्प सेट उपलब्ध हँुदै आएको परियोजना कार्यालय प्रमुख सञ्जु जोशीले बताउनुभयो ।

उहाँका अनुसार सहज रुपमा किसानले कृषियन्त्रको प्रयोगलाई बढावा दिउन भन्ने उद्देश्यले कष्टम हायर सेन्टर स्थापना गरी ट्र्याक्टर, थ्रेसर, रिपर, रोटाभेटरलगायतका सामानको व्यवस्था गरिएको छ ।

दृश्यावलोकनलाई कस्याटाकुरीमा पूर्वाधार निर्माण
डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ । सदरमुकामदेखि १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा उक्त ठाउँमा पुग्न सकिन्छ ।

करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला तथा डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भू–भाग अवलोकन गर्न सकिने भएको हुँदा अमरगढी नगरपालिकाले उक्त टाकुरीमा पर्यटन पूर्वाधारका संरचना निर्माण गर्ने काम अगाडि बढाएको छ ।

डोटेली राज्यका इतिहासकार भोजराज भट्टराइले उक्त टाकुरीमा २५ वर्ष अघिसम्म ढुङ्गाको मन्दिर रहेको बताउनुभयो । साथै त्यहाँ केही खाना पकाउने भाँडाकुँडासमेत रहेको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर बोहराले बताउनुभयो ।

कस्याटाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी पूर्वाधार निर्माणको काम शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रको दृश्य हेर्नका लागि दुरर्बिन राख्छौं, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइनेछ ।”

टाकुरीसम्म पुग्ने पैदलमार्गका बीचबीचमा पर्यटकका लागि विश्रामस्थल र सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ लगाउने काम भइरहेको छ ।

टाकुरी उत्खन्न गर्दा प्राचीनकालीन ओखल (धान कुट्न बनाइएको ढुङ्गा) र मन्दिरको घण्टीलगायतका सामग्री भेटिएका छन् ।

२२ मंसिर २०७७, सोमवार १६:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु