बालयौन दुराचारको अभियोगमा डच नागरिकलाई ७ वर्ष कैद

4.46K
shares

काठमाडौं । बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए ।

बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए ।


Mitsubishi Long Ad