शंकरदेव क्याम्पसबाट वनभोज गएको बस मकवानपुरमा दुर्घटना

7.24K
shares

काठमान्र्डौ । वनभोजका लागि मकवानपुरको मार्खु आउँदै गरेको काठमाडौं शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ । इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठ सहित तीनजना घाइते भएका छन्। घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ।

उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । शंकरदेवको स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू पर्यटकीय गन्तव्य मार्खुमा वनभोजका लागि आएको प्रहरीले जनाएको छ । बसमा ४० जना विद्यार्थी सवार थिए । के कति कारणले बस दुर्घटना भएको हो भन्ने खुलिनसकेको प्रहरीले बताएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083