टयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु
वि.सं.२०७५ मंसिर २२ शनिवार १४:११
5.29K
shares
shares

दाङ । टयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका-१ सल्यान घर भई हाल तुलसीपुर-५ रानीजरुवामा बस्दै आएका १२ वर्षिय नवीन वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर-८ टिकरीमा लु २ त ४१८७ नं.को टयाक्टरले शुत्रबार राति ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । चालक फरार छन् । टयाक्टर तुलसीपुर-३ दमार गाउँको जङ्गलमा फेला पारेको हो । चालकको खोजीकार्य भैरहेको छ ।































