काठमाडौं–निजगढ द्रूतमार्गको डिपीआर माघ दोस्रो साता तयार हुने

4.3K
shares

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले सो द्रूतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि जानकारी दिए। बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उनले एशीयाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्किृत गरेको कार्यविधिको आधारमा सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको बताए।

डिपीआर तयार नभई सो द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन्। तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो दू्रतमार्ग निर्माणको काम सुरु गरिएको दावी गरे। उनले सो द्र्र्रूतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल बैशाख २१ गते बसेको मन्त्रीपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वकृति दिएको उल्लेख गरे। सो द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्विकृत गरी सकेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल बैशाख २१ गते सो दू्रतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083