डर्बी सेलिब्रेशनले लिभरपुलका बोस जुर्गेनमाथि एफएको कारबाही

5.8K
shares

एजेन्सी । इंग्लिश फुटबल क्लव लिभरपुलका म्यानेजर जुर्गेन क्लोप्पमाथि आचारसंहिता तोडेको भन्दै फुटबल एसोसिएशन इंग्ल्याण्ड (एफए)ले कारबाही गरेको छ । आइतबारको लण्डन डर्बीमा लिभपुरले खेलको ९६ औं मिनेटमा एभर्टनमाथि जित हात पारेपछि जुर्गेन मैदानमा कुदेका थिए । उनको यस्तो हर्कतले एफएको आचारसंहिता उल्लघं भएको भन्दै कारबाही गरिएको बीबीसीले जनाएको छ ।

खेलको ९६ औं मिनेटमा लिभरपुलका डिभोक अर्गिनीले गोल गरेपछि जुर्गेन मैदान भित्र छिरेर विपक्षी गोलकिपर भएको स्थानमा पुगेका थिए । एक शून्यको जितपछि लिभरपुल लीगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिँदै शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँगको दुरीलाई दुई अंकमा झारेको छ । लिभरपुलको २६ अंक छ भने सिटीको २८ अंक छ ।

मैदानमा प्रवेश गरेर आचारसंहिता उल्लंघन गरेपछि जुर्गेनले माफि पनि मागेका थिए । उनले भनेका छ्, ‘म माफी चाहन्छु, म आफूलाई नियन्त्रण गर्न सक्ने अवस्थामा थिँएन । उनले अन्तिम क्षणको गोलले आफु भित्र कस्तो अनुभव भएको थियो भन्नेबारे बोल्नै नसकिने बताए । उनले यस्तोबेला आफैमाथि नियन्त्रण गर्न गाह्रो हुने बताए । तर माफि मागेर छुटकारा पनि नपाइने उनले बताए । उनले कारबाही स्वीकार्य भएको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083