सार्वजनिक खरीदसम्बन्धी प्रदेश नं ५ को कार्यविधि स्वीकृत

7.54K
shares

रुपन्देही । प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी अन्तरिम कार्यविधि २०७५ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयकलाई स्वीकृति प्रदान गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

सार्वजनिक निकायले निर्माण कार्य, मालसामान खरीद र अन्य सेवा लिँदा एक करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित तृतीत श्रेणीको कार्यालय प्रमुखबाट स्वीकृत गराउनुपर्ने, पाँच करोडसम्मको राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट र रु पाँच करोडभन्दा माथिको लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृत गराउनुपर्ने निर्णय बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सहकारी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यसैगरी दाङको घोराही उपहानगरपालिकाको वडा सिमाना हेरफेर सम्बन्धमा नगरपालिकाले गरेको प्रस्ताव केन्द्रीय सरकारसमक्ष पठाउने निर्णय गरेको छ ।

मङ्सिर २६ गते संसद् बैठक बस्ने

यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले मङ्सिर २६ गते प्रदेशसभा आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रवक्ता चौधरीका अनुसार सभामा छलफलका लागि १५ वटा विधेयक तयारी अवस्थामा रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083