विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट, मलेसिया विरुद्ध खेल्दै

4.5K
shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइसीसी महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा आज मंगलबार मलेसिया विरुद्ध खेल्दैछ ।
दुई साताको अभ्यास पछि थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा सुखद नतिजा निकाल्ने रणनीति सहित मलेसिया विरुद्ध खेल्न लागेको हो। बैंककस्थित टेडथाइ क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार बिहान ८ः४५ बजे बजे सुरु हुनेछ।

छनोटको तयारी स्वरुप गत महिना थाइल्याण्डमा भएको ट्वान्टी–२० स्म्यासमा उपविजेता बनेको नेपाल त्यति बेलाको कमजोरीलाई सुधार्दै छनोट हुने लक्ष्यमा छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणका समय महिला टोली कमजोर पक्षलाई सुधार्नेमा केन्द्रित भएको थियो।

थाइल्याण्ड जानुअघि टोलीकी कप्तान रुविना क्षेत्रीले तयारी राम्रो रहेकाले छनोट भएर फर्किने आशा व्यक्त गरेकी थिइन्। उनले फिटनेस सँगै स्म्यासमा भएका कमजोरीबाट पाठ सिकेर टोली जितका लागि तयारी अवस्थामा रहेको बताइएकी थिइन्। उनले भनिन् हरेक खेलाडीले जिम्मेवारी पूरा गरे जित निकाल्न सहज हुने बताएकी थिइन् ।

राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दासले छोटो अवधिमा टोलीले राम्रो अभ्यास गरेको र सकारात्मक नतिजामा आउनेमा आफु आशावादी रहेको बताएका थिए। हरेक खेलाडीले अभ्यासमा गरेको प्रदर्शनलाई निरन्तता दिन सके टोली छनोट हुने दासको विश्वास छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083