प्रिमियर लिगमा आज ७ खेल, बलिया क्लबहरु प्रतिस्पर्धामा तालिकासहित

4.34K
shares

काठमाडौं। इंग्लीस प्रिमियर लिग फुटबलमा शनिबार सात खेल हुँदैछन्। बलिया क्लबहरु आज प्रतिस्पर्धामा उत्रँन लागेका हुन्। म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लेस्टर सिटीजस्टा टोलीहरु आज भिन्दाभिन्दै खेलमा मैदान उत्रँनेछन्।

३१ औं चरणको खेल सम्पन्न भइसक्दा ७६ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ भने ७४ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। त्यसपछि क्रमशः टोटनह्याम ६१ अंकसहित तेस्रो स्थानमा, आर्सनल ६० अंकसहित चौथौं स्थानमा ५८ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा र ५७ अंकसहित चेल्सी लिगको छैठौं स्थानमा छन्।

सबै खेल तालिका नेपाली समयअनुसार

१. फुलहाम र म्यानचेस्टर सिटीः राति सवा ६ बजे

२. ब्राइटन र साउथअ्याम्पटनः राति पौने ९ बजे

३. बर्नली र उल्भरह्याम्पटनः राति पौने ९ बजे

४. क्रिस्टल प्यालेस र हडर्सफिल्ड टाउनः राति पौने ९ बजे

५. लेस्टर सिटी र बर्नमाउथः राति पौने ९ बजे

६.म्यानचेस्टर युनाइटेड र वाटफोर्डः राति पौने ९ बजे

७. वेस्टह्याम युनाइटेड र इभर्टनः राति सवा ११ बजे

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083