भारतीय सचिव नेपाल आउँदा परराष्ट्र सचिव बैरागीको पाकिस्तान जाने कार्यक्रम स्थगित

4.34K
shares

काठमाडौं। परराष्ट्र सचिव शंकरदास बैरागीको सचिवस्तरीय छलफलका लागि पाकिस्तानमा तय भएको कार्यक्रम स्थगित गरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सचिव वैरागीले चैत ११ पाकिस्तान जाने सम्पूर्ण तयारी गरिसकेका थिए। तर त्यही बीचमा भारतीय विदेश सचिव विजय गोख्ले आउने भएपछि पाकिस्तान कार्यक्रम स्थगित भएको हो।

भारत र पाकिस्तानबीच विवाद चलिरहेको बेला नेपालका सचिव पाकिस्तान गए राम्रो सन्देश जाने भएर नै कार्यक्रम स्थगित गरिएको स्रोतले जनाएको छ। भारत र पाकिस्तानबीच पुलुवा घटनालाई लिएर नेपालले आफ्नो धारणा स्पष्ट नगरेको कारण भारत सन्तुष्ट छैन।

सचिव वैगरागी पाकिस्तान जान लागेको थाहा पाएर नै भारतीय विदेश सचिव गोख्ले नेपाल आएको भारतीय दूतावासका एक अधिकारीको दावी छ। पुलुवा घटनालाई भारतले आतंककारी हमला भन्दै आएको छ। त्यो घटना पाकिस्तानले गराएको भारतले निष्कर्ष निकालेको छ । तर नेपालले त्यसमा आफ्नो धारणा स्पष्ट नपारेको भारतको बुझाई रहेको छ।

गोख्लेले नेपाल आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव वैरागीसँग भारत-पाकिस्तानको विषयमा कुरा राखेका थिए। जवाफमा उनीहरुले नेपाल कुनै पनि आतकंवादको पक्षमा नरहेको प्रतिकृया दिएको दूतावास स्रोतले जनाएको छ।

परराष्ट्र सचिव बैरागी पाकिस्तान किन नगएको भनि राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले आफूलाई यसको बारेमा कुनै जानकारी नरहेको प्रतिकृया दिए। भारतीय विदेश सचिव गोख्ले चैत १४ गते नेपाल आएर त्यसको भोलिपल्ट दिल्ली फर्केका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083