न्यु डायमण्ड नेदरल्याण्डसँग पराजित
वि.सं.२०७५ चैत १८ सोमवार १७:२५
shares

एजेन्सी । आइएसएप वर्ल्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्यु डायमण्ड एकेडेमी २–० को सोझो सेटमा पराजित भएको छ। अग्ला–अग्ला कदका नेदरल्याण्डका खेलाडीसँग नेपालको न्यु डायमण्डले २५–७ को सेटमा पहिलो खेल गुमायो।
दोस्रो सेटमा भने सम्हालिएको प्रदर्शन गरेको न्यु डायमण्डले कडा चुनौती दिए पनि २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा खेल गुमायो। न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडीहरू आत्तिएका कारण दोस्रो सेट जस्तो पहिलो सेट प्रतिस्पर्धात्मक बन्न सकेन।
हामीले खेल्ने र यहाँको भौतिक पूर्वाधर धेरै भिन्नता छ। छोरीहरु अत्तिए जसले गर्दा पहिलो सेटमा भने जस्तो खेल खेल्न नसेकेको हो। म खुसी छु,त्योे स्तरको खेलमा हाम्रा खेलाडीले कड प्रतिस्पर्धा गर्दै २० स्कोरसम्म पुर्याए।प्रतियोगिताको उद्घाटनमा नेपालकी कप्तान सेटर सजिना श्रेष्ठले सम्पूर्ण खेलाडीको तर्फबाट सपथ लिने कार्यक्रम रहेको छ। नेपाल सोेमवार फ्रान्ससँग खेल्ने छ।


























