प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्यामलाई २-० ले पराजित
वि.सं.२०७५ चैत २६ मंगलवार १३:१३
6.53K
shares
shares

एजेन्सी । इङलिश प्रिमियर लिगअन्तर्गत चेल्सीले वेस्टह्यामलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई २-० ले पराजित गरेको हो। चेल्सीको जितमा इडेन हजार्डले २ गोल गरेका थिए। हजार्डले खेलको २४औ मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ९० मिनेटमा दोस्रो गोल गरेका थिए।
हजार्डले यस सिजनको प्रिमियर लिगमा अहिलेसम्म १६ गोल गरेका छन् भने १२ गोल असिस्ट गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिड जाने हल्लाका बीच हजार्डले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई जित दिलाएका छन्। जितसँगै चेल्सी प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ३३ खेलमा ६६ अंक भएको छ। वेस्टह्याम भने ३३ खेलमा ४२ अंकसहित लिगको एघारौ स्थानमा रहेको छ।






















