पिएसजीलाई उपाधि

6.93K
shares

मोनाको । साबिक विजेता मोनाकोमाथि ७–१ को प्रभावशाली जित हात पार्दै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार फ्रेन्च लिग वानको उपाधि जितेको छ। यस जितपछि ३३ खेलमा ८७ अंक जोडेको पिएसजी शीर्ष स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको मोनाको भन्दा १७ अंक बढी हो । पछिल्लो ६ सिजनमा (पिएसजी)ले जितेको यो पाँचौं लिग वान उपाधि हो भने समग्रमा सातौं उपाधि हो।

यस जितसँगै (पिएसजी)ले गत सिजन लिगको अन्तिम खेलमा भोगेको हारको बदलासमेत लिएको छ । उक्त खेल ४–० ले जित्दै पिएसजीले उपाधि जितेको थियो। १५औं मिनेटमा जियोभानी लो सेल्सोले पिएसजीको खाता खोलेका थिए । त्यसको ४ मिनेट भित्र इड्सन काभानी र एन्जेल डी मारियाले गोल गर्दै पिएसजीको अग्रता ३–० मा पुर्याएका थिए । १७औं मिनेटमा काभानी र त्यसको दुई मिनेट पछि डी मारियाले गोल गरेका थिए।

२७औं मिनेटमा लो सेल्सोले व्यक्तिगत दोस्रो गोल गर्दै (पिएसजी)को अग्रता बढाएका थिए । मध्यान्तर हुन ७ मिनेट बाँकी हुँदा रोनी लोप्सले गरेको गोलमा मोनाकोले गोलअन्तर ४–१ मा झारेको थियो। ५८औं मिनेटमा डी मारियाले गोल गर्र्र्दै बढाएको पिएसजीको अग्रता त्यसको १८ मिनेटपछि मोनाकोका रडामेल फल्काओले गरेको आत्मघाती गोलमा पिएसजीको अग्रता ६–१ मा पुगेको थियो। खेल सकिन ४ मिनेट बाँकी हुँदा युलियान ड्राक्सलरले गरेको गोलमा (पिएसजी)ले सानदार जित पक्का गरेको थियो।