पुलिस बन्यो च्याम्पियन

5.92K
shares

बाँके।

नेपालगन्जमा जारी प्रधानमन्त्री कप (पीएम) अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौँ  संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

नेपालगन्ज रंगशालामा भएको फाइनलमा पुलिसले एपीएफ क्लबलाई २५–१६, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गरेर उपाधि जितेको हो। विजेता प्रहरीले २ लाख, एपीएफले १ लाख र तेस्रो हुने नेपाल आर्मीले ५० हजार पाएका छन्।

प्रहरीले यसअघि पहिलो संस्करणमा उपाधि जितेको थियो। एपीएफले दोस्रो र पाँचौं संस्करणमा जितेको थियो। प्रतियोगितामा वेस्ट प्लेयर प्रहरीका उषा भण्डारी भइन्।

स्पाइकरमा एपीएफका निरुता ठगुन्ना, ब्लकरमा आर्मीका संगम महतो, सेटरमा प्रहरीका कमला पुन, लिब्रोमा न्यू डायमण्डका सलिना श्रेष्ठ र सर्भरमा प्रहरीका मनिषा चौधरी उत्कृष्ट भए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083