आईपीएलमा खेलाडी सन्दीप हेर्ने मात्र

5.38K
shares

काठमाडौं । नेपालका युवा प्रतिभावान खेलाडी सन्दीप लामिछाने अवसरकै पर्खाइमा दिल्ली डेयरडेभिल्सकै बेन्चमा रहेर हेर्ने मात्र भएका छन् । सन्दीप नेपालका त्यस्ता खेलाडी हुन् जसले अन्तर्राष्ट्रिय स्तरमा आफुलाई माथिल्लो दर्जामा उभ्याउन सफल भइसकेका छन् ।

जारी आइपीएलमा मैदान उत्रिन्छन् कि भनेर लाखौं नेपालीले आशा गरे पनि यसअघि भएका ४ खेलमा उनले अवसर भने पाएनन् । त्यसको मुख्य कारण हो, उनी भन्दा नाम चलेका र अलराउण्ड प्रदर्शन गर्न सक्ने खेलाडी टिममा हुनु नै । चर्चित खेलाडी ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता खेलाडीसँग सन्दीपले प्रतिस्पर्धा गर्नुपरेको छ ।

दिल्ली डेयरडेभिल्सले एक खेलबाहेक अन्य खेलमा बिर्सनलायक प्रदर्शन गरेको गरिरहेको छ । आफुले खेलेको ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार बेहोरेको दिल्ली आईपीएलको पुछारमा छ । शनिबार दिल्लीले आफ्नो पाचौँ खेलमा भारतीय कप्तान विराट कोहली रहेको रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । बेंगलुरुमा बेलुकी ८ बजेर १५ मिनेटमा सुरु हुने खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ ।

बेंग्लोरविरुद्धको खेलमा सन्दीप पर्ने सम्भावना पनि कायमै रहेको छ । किनभने यसअघि भएका खेलहरूमा विदेशी खेलाडी एक खेलमा बाहेक अन्यमा खासै चल्न सकेका छैनन् । त्यसैले पनि सन्दीपले मौका पाउन सक्ने अनुमान खेलप्रेमीहरुले गरेका छन् ।


Mitsubishi Long Ad