२२ वर्ष पछि आर्सनल क्लब छाड्दै वेंगर

२०७५ वैशाख ७ शुक्रवार
1.1K
shares
काठमाडौं । लामो समय २२ वर्ष देखि इंगलिस क्लब आर्सनल सम्हालि रहेका प्रशिक्षक आर्सेन वेंगरले यो सिजनको अन्त्य सँगै क्लब छाड्ने भएका छन् ।
उनले अन्तिम पटक दुई वर्षका लागि गरेको सम्झौताको एक वर्ष पूरा भएपछि आर्सनल छाड्ने निर्णय गरेका छन् । यो सिजन आर्सनल प्रिमियर लिगको छैठौं स्थानमा छ ।
आर्सनलको ३३ खेलमा ५४ अंक रहेको छ । पाँचौ स्थानको चेल्सीको ३४ खेलमा ६३ अंक र चौथो स्थानको टोटनहृयामको ३४ खेलमा ६८ अंक रहेको छ । अन्तिम चारमा समेत स्थान बनाउन नसकेका कारण वेंगरको आलोचना भइरहेको थियो ।
फ्रान्सका ६८ वर्षे वेंगरले आर्सनललाई तीन प्रिमियर लिग उपाधि, ७ एफए कप जिताएका छन् । उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको ८२३ खेलमा ४७३ मा जित हासिल गरेको छ भने १५१ मा हार व्यहोरेको छ ।
आर्सनलका एक सेयरहोल्डर स्ट्यान क्रोन्केले वेंगरले क्लब छाड्न लागेको बताउँदै फुटबलमा आफूहरुको अहिलेसम्मकै दुःखद स्थिति आइपरेको प्रतिक्रिया दिएका छन् ।

२०७५ वैशाख ७ शुक्रवार