प्रचण्डलाई ओलीको ब्याङ्य, ‘मनमोहनलाई अर्काको पार्टी देख्ने पनि कम्युनिस्ट हुन्छ ?’
वि.सं.२०७५ वैशाख १३ बिहीवार १५:३९
shares

मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलाई बिर्सेको दिन नेपालको कम्युनिष्ट पार्टी समाप्त हुने चेतावनी दिदै ओलीले मनमोहनलाई अर्काको पार्टी देख्ने पनि कम्युनिस्ट हुन्छ भनेर प्रधण्डलाई ब्याङ्य गरेका थिए ।
मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसर पारेर विहिबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। बैशाख ९ गते लेनिन जयन्तीका अवसरमा आयोजित संयुक्त कार्यक्रमको ब्यानर विवादबारे असन्तुष्टि व्यक्त गर्दै उनेले ब्यानर हटाउनुलाई केटाकेटी पनको संज्ञा दिए।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई माथि उठाउने मनमोहनलाई अर्को पार्टीको मान्छे देख्ने पनि काहीँ हुन्छ ? उनले भने, ‘मनमोहनको फोटो हटाउनु केटाकेटीपन बाहेक अरु होइन्।’
उनले ब्यानर फाल्नु र पञ्चायतविरुद्ध उफ्रनु फरक कुरा भएको भन्दै ब्यानर फाल्नेहरुले विस्तारै बुझदै जाने र आफूहरुले बुझाउँदै जाने बताए। उनले मनमोहन अधिकारीलाई अविचलित आस्था र निष्ठाको धरोधरका रुपमा चित्रण समेत गरे।



























