नेपाली काँग्रेसको निर्वाचित सदस्यहरुको बैठक आज पनि स्थगित

7.38K
shares

काठमाडौ । नेपाली काँग्रेसको निर्वाचित सदस्यहरुको बैठक आज बिहान ८ः३० बजे बस्ने भनिए पनि त्यसलाई स्थगित गरेर नयाँ मिति २१ गते अपरान्ह २ः०० बजे बस्ने भएको हो। नेता रामचन्द्र पौडेल पक्षधरले देउवाले सहमति नगरी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएपछि बैठक अन्तिम समयमा आएर स्थगित गरिएको बताइएको छ।

रिक्त रहेका पदाधिकारी मनोनयनका लागि सभापति शेर बहादुर देउवाले तयारी थालिरहँदा पौडेल समूहले सहमतिमा मनोनयन गरिनुपर्ने माग गर्दै आएको छ ।काँग्रेसमा उपसभापति, महामन्त्री र सह महामन्त्री पद रिक्त रहेको छ। निर्वाचित केन्द्रिय सदस्यहरुबाट तीन जना पदाधिकारी हुने विधानमा उल्लेख छ। प्रस्ताव गरिएका तीन पदाधिकारिलाई निर्वाचित केन्द्रिय सदस्यको बैठकले अनुमोदन गर्नुपर्ने छ ।

सभापतिले उपसभापतिमा विमलेन्द्र निधि,महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह महामन्त्रीमा डा प्रकाश शरण महतको नाम प्रस्ताव गर्ने बताइएको छ।नेपाली काँग्रेसमा विलय भएको तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई विधानले उपसभापति बन्नबाट रोकेको छ। उपसभापतिमा देउवा समुहबाट गोपालमान श्रेष्ठ पनि आकांक्षी छन्। महामन्त्रीमा देउवा निकटकै मान बहादुर विश्वकर्मा र ज्ञानेन्द्र बहादुर कार्कीको पनि दाबी छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083