सरकारद्धारा प्रवक्ताको काम प्रभावकारी बनाउन बारे छलफल

9.57K
shares

काठमाडौं । सरकारका प्रवक्ताको काम प्रभावकारी बनाउने बारे छलफल थालिएको छ । प्रवक्ताको काम प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा प्रवक्ताहरूको बैठक बसेको हो, जसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालको समेत उपस्थिति थियो ।

कुँवरका अनुसार बैठकमा सरकारले सम्पादन गरेका कामहरू छिटो तथा सहजरूपमा मिडियालाई उपलब्ध गराउन, मन्त्रालयसँग सम्बन्धित विषय (मिडियाले खोज, अध्ययन तथा अनुसन्धान गरेर लेखेका समाचारहरूबारे) को जवाफ दिन, मन्त्रालय तथा अन्तर्गतका निकायबारे सुनिएका भ्रमबारे नागरिकलाई सत्यतथ्य जानकारी गराउन प्रवक्ताले नेतृत्व लिनुपर्ने निश्कर्ष निकालिएको थियो ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा नागरिकले राखेका समस्याहरूको सम्बन्धित मन्त्रालयका प्रवक्ताले जवाफ दिने र समस्या समाधान गर्ने जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालिएको उनले बताए । उनका अनुसार अब प्रवक्ताहरूको नियमित बैठक बस्नेछ । जसमा आ–आफ्नो मन्त्रालयमा देखिएका समस्याहरूबारे छलफल गरिने र सरकारका सेवाहरू नागरिकसम्म सहज र प्रभावकारीरूपमा पुर्याउनेतर्फ केन्द्रित रहनेछ ।

प्रवक्ताहरूले कसका लागि बोल्ने र कुन माध्यम प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल भएको प्रेस सल्लाहकार अर्यालले जानकारी दिए । ‘सरकारको इमेजलाई ‘इन्हान्स’ गर्ने गरी कसरी सूचना प्रवाह गर्न सकिन्छ भन्नेबारे प्रवक्ताहरूले आफ्नो धारणा राखे, मैले पनि केही कुरा राखे,’ छलफल भएको कुराबारे प्रेस सल्लाहकार अर्यालले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083