मन्त्री कार्कीको दाबी : मुख्यमन्त्री राईको विदेश भ्रमण संघीय सरकारलाई जानकारी गराएरै

5.64K
shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको दाबी प्रदेश सरकारले गरेको छ ।

उनी सुटुक्क अमेरिका गएको भनी आलोचना भइरहेका बेला प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको रोग पत्ता लगाउन नसकिएपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि गएको जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार उनी यही कात्तिक १६ गते बैंकक प्रस्थान गरेको र स्वास्थ्य परीक्षणको प्रतिवेदन केहीदिनमै आएपछि स्वदेश फर्कने कार्यक्रम छ । मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराएको तर उपचार तथा निजी भ्रमणबारे सङ्घीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था नभएको मन्त्री कार्कीले बताए ।

उनले मुख्यमन्त्री राईको भ्रमणका विषयमा अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको सन्दर्भ जोड्न आवश्यक नभएको पनि जिकीर पनि गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083