कांग्रेसका यी चार शीर्ष नेताहरूको राजीनामा माग ! सिटौला समूहलाई तनाव

6.55K
shares

काठमाडौं । नेपाली कांग्रेसभित्र चारजना केन्द्रीय सदस्यहरूको राजीनाको माग उठेको छ । १३औँ महाविधेशनमा पदाधिकारीहरूमा नराम्रोसँग पराजित भएपछि सभापति शेरबहादुर देउवाद्वारा मनोनीत चार ठूला नेताहरूको राजीनामाको माग सामाजिक सञ्जालमार्फत उठेको हो ।

सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र गगन थापाहरूले राजीनामा दिएर सभापति देउवाको आलोचना गर्न सुझाव दिइएको छ । पौडेल र सिटौला सभापति पदमा उम्मेदवार बनेर पराजित भएका थिए । सिटौलाले नै देउवालाई साथ दिएर पौडेललाई हराएका हुन् ।

अहिले देउवाको साथ छाडेर सिटौला पौडेलको पुच्छर बन्न थालेका छन् । पौडेल निकटतम प्रतिद्वन्द्व भएका कारण केन्द्रीय सदस्य बनाइनु स्वभाविक थियो । तर, सिटौलाको समूह देउवालाई साथ दिएको उपहार स्वरुप केन्द्रीय सदस्य बनाइएका हुन् । गगन थापा र अर्जुन नरसिंह केसी महामन्त्रीमा पराजित भएका नेताहरू हुन् । उनीहरूलाई सभापति देउवाले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेर ल्याएका थिए ।

अहिले उनीहरूले नै गुट बनाएर सभापति देउवालाई असहयोग गर्नुका साथै आलोचना गर्दै आएका छन् । दुई दिन अगाडि सुजाता कोइरालाको निवासमा गुटको भेला गरेर देउवालाई असहयोग गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसका नेता डा।शोभाकर पराजुलीले कांग्रेसको १३औँ महाधिवेशनपछि पार्टीको साख खस्नुको प्रमुख जिम्मेवारी सभापतिको हुन्छ भनी निरन्तर स्वस्थ्य आलोचना एवं सुझाव दिंदै आएको बताएका छन् । उनले भनेका छन्, ‘म त उहाँमाथि महाधिवेशन प्रतिनिधिहरूले विधानतः अविश्वास प्रस्ताव दर्ता गर्नुपर्छ भन्ने व्यक्ति हुँ ।’

‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापाहरूले देउवाद्वारा मनोनीत केन्द्रीय सदस्य पदमा रहेर विरोध गर्नुभन्दा राजीनामा दिइ, उच्च नैतिकता प्रदर्शन गर्दै स्वस्थ विरोध गर्दा हुन्छ वा हुँदैन भन्ने जिज्ञासा हो मेरो’, उनले फेसबुकमा स्टाटस लेखेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन अगाडि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समायोजन गर्दा भएको पूर्वसहमतिलाई समेत पौडेल र सिटौला समूहले भुलेको छ । गच्छदार एक्लै कांग्रेसमा प्रवेश गरेका थिएनन् । उनलाई उपसभापति बनाउने विषय पूर्वसहमति नै थियो । तर, अहिले आएर गच्छदारलाई विधान विपरित उपसभापति बनाएको भनेर गगन थापाले सार्वजनिक रुपमै विरोध गरेका छन् । सिटौलालाई गच्छदार कांग्रेसमा आएको फिटिक्कै मन परेको छैन ।

गच्छदार मात्रै होइन फोरम लोकतान्त्रिकका त्यस बेलाको केन्द्रीय कार्यसमिति र जिल्ला तहसम्मका नेताहरूलाई कांग्रेसमा समायोजन गर्नुपर्ने दायित्व अझैँ बाँकी नै छ । तर ती कुराहरूलाई भुलेर गगन थापा र कृष्णप्रसाद सिटौला समूह गच्छदारको विरोधमा उत्रिएको कांग्रेसका धेरै नेताहरूलाई मन नपरेको एक नेताले बताए ।

पौडेलले गच्छदारलाई उपसभापति बनाइएकोमा कुनै समस्या नरहेको बताएका छन् । कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाले पनि गच्छदारलाई उपसभापति बनाउने पूर्वसहमति नै भएको प्रतिक्रिया दिएका छन् । सिटौला समूहहरूले मात्रै गच्छदारको विरोध गरिरहेका छन् ।

सिटौला समूह नेपाली कांग्रेस बलियो र राम्रो भएको हेर्न चाहँदैन भनेर आलोचना हुन थालेको छ । अर्जुननरसिंह केसीले महासमितिबाट अनुमोदन गर्ने गरी बाधा अड्काउ फुकाउबाट गर्नुपर्नेमा विधिलाई बेवास्ता गर्ने काम भएको भन्दै गच्छदारलाई उपसभापति बनाइएकोमा विरोध गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083