प्रहरी देखेपछि भागेका एक जुवाडेको भीरबाट खसेर मृत्यु

२०७५ कात्तिक २८ बुधवार
1K
shares
बैतडी । बैतडीमा जात्रा हेर्न गएका एक युवकको भागदौडका क्रममा भीरबाट खसेर मृत्यु भएको छ।
सिगास गाउपालिका वडा नम्बर ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नम्बर ५ का २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो ।
मेलामा जुवा चलिरहेका बेला प्रहरी पुगेपछि भागदौड मच्चिएको थियो । सो क्रममा भीरबाट खसेर चनाराको मृत्यु भएको र अन्य तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।

२०७५ कात्तिक २८ बुधवार