वित्तीय अनुशासन पालना गर्न सहकारी संस्थालाई आग्रह

8.19K
shares

काठमाडौं। सरकारले सहकारी संस्थालाई वित्तीय अनुशासन पालना गर्न सचेत गराएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थालाई वित्तीय अनुशासन पालना गर्न सचेत गराएका हुन्।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुले जसरी नै सहकारी संस्थाले पनि वित्तीय अनुशासन पालना गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। सचिव मैनालीले प्रदेश र स्थानीय तहमा सहकारी संस्थाहरुको नियमनका लागि आवश्यक संस्थागत संरचना र जनशक्ति परिचालनको काममा ढिलाई नहुने पनि जानकारी दिए।

सचिव मैनालीले सहकारी संस्थाहरुको कडा अनुगमन गर्नेगरी सरकारले को–अपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको पनि स्मरण गराए। कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेका सहकारी संस्थाहरुलाई कार्वाही गर्न सरकारसँग माग गरे। उनले सरकारले पनि सहकारी संस्थाहरुलाई सहज ढंगले अघि बढाउन आवश्यक वातावरण बनाउनुपर्नेमा पनि जोड दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083