दार्चुलामा नेकपाको भागवण्डा टुंगियो

6.76K
shares

दार्चुला । नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्लाका नौ ओटै स्थानीय तहमा नेतृत्वको भागवण्डा मिलाएको छ ।

९ मध्ये ५ वटाको नेतृत्व तत्कालिन नेकपा एमाले र ४ वटाको नेतृत्व तत्कालिन नेकपा माओवादी केन्द्रलाई दिइएको छ । अध्यक्ष एक पार्टीको र सचिव अर्को पार्टीलाई पर्ने गरी भागबण्डा टुंग्याइएको नेकपा जिल्ला नेता उदयसिँह बडालले जानकारी दिए । व्याँस गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशखिर नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका गरी पाँच स्थानीय तहमा अध्यक्ष पदको जिम्मेवारी तत्कालिन एमालेले पाएको छ भने महाकाली नगरपालिका, दुहूँ गाउँपालिका, लेकम गाउँपालिका र नौगाढ गाउँपालिका गरी चार स्थानीय तहको जिम्मेवारी तत्कालिन माओवादीले पाएको छ ।

महाकाली नगरपालिका अध्यक्षमा खडकसिँह धामी र बहादुरसिँह खाती सचिव रहने गरी टुंगो लगाइएको नेकपा नेता बडालले बताए । यस्तै शैल्यशिखर नगरपालिकामा विजयसिँह धामी अध्यक्ष र मोहनसिँह साउँद सचिव, व्याँस गाउँपालिकामा नागेन्द्र तिंकरी अध्यक्ष तथा उपेन्द्र सिँह कुवँर सचिव रहने गरी बागबण्डा टुंग्याइएको छ ।

दुहूँ गाउँपालिकामा मनोरथ भट्ट अध्यक्ष र सचिवमा प्रेमसिँह कार्की, मालिकार्जुन गाउँपालिकामा हरकसिँह ठगुन्ना अध्यक्ष, सचिवमा कृष्णराज पन्त रहने गरी बागबण्डा मिलाइएको छ । यस्तै नौगाढ गाउँपालिकामा दल्जितसिँह धामी अध्यक्ष, सचिवमा नरेन्द्रसिँह ठगुन्नालाई जिम्मेवारी दिइएको छ ।

मार्मा गाउँपालिकाको अध्यक्षमा देवसिँह महर अध्यक्ष, धिरेन्द्रसिँह धामी सचिव र अपी हिमाल गाउँपालिकामा पोखरसिँह राकोया अध्यक्ष तथा जीवन लोथ्याल सचिव रहने गरी स्थानीय तहमा पनि टुंगो लगाइएको नेकपा नेता उदयसिँह बडालले जानकारी दिए ।अधिकांश स्थानीय तहको अध्यक्षमा स्थानीय निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवारहरुलाई नेकपाले अध्यक्ष बनाएको छ । महाकाली नगरपालिकामा खडकसिँह धामी, मार्मा गाउँपालिकामा देवसिँह महर, नौगाढ गाउँपालिकामा दल्जितसिँह धामी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार थिए ।

त्यस्तै नेकपा दार्चुलाको जिल्ला कमिटी अध्यक्षमा गणेश खत्री र सचिवमा उदयसिँह बडाल हुने नाम सिफारिस भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083