जिल्ला अदालतमा सूचना नै नपुग्नाले सर्‍यो ‘सिके राउत’को बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई

6.41K
shares

काठमाडौँ । विपक्षी रौतहत जिल्ला अदालतमा सूचना नै नपुगेको कारण स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा मंसिर ३ गतेका लागि सरेको छ।

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदालतको आदेशअनुसार सुनुवाईका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाई सरेको हो।

न्यायाधीशहरु दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले गरेको आदेशमा ‘विपक्षीहरु मध्येको जिल्ला अदालत रौतहटका नाउँमा.. सूचना म्याद तामेल भई आएको नदेखिएको साथै इजलास समक्ष विपक्षीको प्रतिनिधित्वसमेत भएको नदेखिँदा’ अर्को तारेख मिति तोकिएको उल्लेख छ। सूचना सर्वोच्च अदालत प्रशासनले सबै विपक्षीहरुकहाँ पुर्‍याउनु पर्ने थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083