कांग्रेसमा एकताको विकल्प छैन : पूर्वमन्त्री ‘श्रेष्ठ’

5.62K
shares

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं कांग्रेस कास्कीको व्यवस्थापनमा आइतवार पोखरामा आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उदघाटन गर्दै उनले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए।

नेपाली जनताले एकताबद्ध सङ्गठित काङ्ग्रेसको अपेक्षा गरेको बताउँदै उनले पार्टीको आन्तरिक सङ्गठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उहाँले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको बताए। पूर्वमन्त्री यज्ञबहादुर थापाले काङ्ग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए।

नेपाली काङ्ग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट लगायतले पार्टीको सशक्तिकरण लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083