इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन

5.19K
shares

काठमाडौं । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ। संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो।

स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ। सोही समस्यालाई समाधान गर्न उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमिति आफैँले समय निर्धारण गरी सो कलेजको विवाद समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारी समितिमा पेश गर्नेछ।

सभापति घर्तीले उपसमितिलाई सो कलेजको विवाद समाधान हुनेगरी आफ्नो कामलाई तत्काल अघि बढाउन पनि निर्देशन दिइन्। समितिले समितिका सदस्य तथा सचिवालयका कर्मचारीको ‘क्षमता अभिवृद्धि कार्यक्रम’ पनि संचालन गर्ने तयारी गरेको छ। आगामी मंसीर १६ र १७ गते सो कार्यक्रम गर्ने प्रस्ताव समितिमा पेश भएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए।

समितिका सदस्य र सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रमको प्रशिक्षकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङ र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीलाई राख्ने समितिको योजना छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083