कर्मचारीको सहयोगविना देश निर्माण असम्भव : मुख्यमन्त्री ‘राउत’

6.73K
shares

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले जनकपुरमा आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना र बजेट एवम् अनुगमन तथा मुल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले सरकारी सेवा समयमै प्राप्त गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

मानसिकतामा सुधार नभए सुखी नेपाली, समृद्ध नेपालको सपना साकार नहुने उनको भनाइ छ । ‘जनतालाई विकासको अनुभूति गराउनुपर्छ’ उनले भने ‘यसमा सबैले आ आफनो स्थानबाट लाग्नुपर्छ ।’ योजना आयोगलाई प्राथमिकता नदिदा कार्यक्रमहरु परिणाममुखी बन्न नसकेको मुख्यमन्त्री राउतले बताए । लक्ष्य निर्धारण गरेर अघि बढ्दा बढी परिणाममुखी हुने उनको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083