बिपीको चेतना एउटा युगको चेतना हो– डा.भट्टराई

5.47K
shares

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको बताएका छन् । बिपीलाई सानो घेरामा राख्नु हुँदैन, डा.भट्राइले भने, “बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा.भट्टराईले बिपीले अधुरो छाडेको काम सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताए । पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गरे ।

पुस्तकका लेखक जगत् नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083