निर्मलाका बलात्कारी-हत्यारालाई जनताको बीचमा ल्याएर कारवाही गर्छौं : ‘प्रकाण्ड’

4.97K
shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रक्ता प्रकाण्डले निर्मला पन्तका बलात्कारी र हत्यारा सरकारी मान्छे भएको बताए । उनले सरकारी मान्छे भएकै कारण अहिलेसम्म अपराधी पत्ता नलागेको दाबी गरे ।

पार्टी पुर्नगठनको अबसरमा प्रदर्शनीमार्गमा आयोजना गरिएको जनसभामा बोल्दै प्रकाण्डले आफ्नो पार्टीले निर्मलाको घटनाको छानविन गर्ने बताए । उनले बलात्कारी र हत्यारालाई जनताको बीचमा ल्याएर कारवाही गर्ने चेतावनी दिए । प्रवक्ता प्रकाण्डले अहिलेको सरकार दलाल पुँजिपति वर्गको हितमा भएकोले जनताले न्याय पाउन नसकेको बताए । उनले अहिलेको दलाल व्यवस्थालाई एकीकृत जनक्रान्तिले फालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए ।

जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले आफूहरुले ओली नेतृत्वको सरकारलाई रातारात कायपलट किन गरिएन नभनेको बताउँदै नेपाली युवा, महिला, विद्यार्थीको पक्षमा के सुरु गर्नुभयो भनेको बताए । अहिलेको राजनीति व्यवस्था जनता र कार्यकर्ता लडेर ल्याएको बताउँदै प्रकाण्डले जनताको हितविरुद्ध लागे जनताको कठघरामा उभिनु पर्ने चेतावनी दिए ।