नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँती भन्छन्, प्रचण्ड डाँका हुन् !

6.68K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले वर्तमान संसदीय व्यवस्थालाई उखेलेर फाल्नका लागि वस्तुगत परिस्थिति तयार भएको बताए । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टी पुर्नस्थापना दिवसका असवसरमा आज काठमाडौंमा गरेको कार्यक्रममा नेता किराँतीले क्रान्तिकारी कम्युनिस्टहरुको आत्मगत परिस्थिति बलियो बनाउन आवश्यक रहेको बताए।

कांग्रेसले एक सय चार वर्षको निरंकुश राणाशासन हटाउने आन्दोलनको अगुवाइ गरेझैँ दुई सय चालीस वर्षको निरङ्कुश राजतन्त्र माओवादीले हटाएको बताउँदै किराँतीले नेपालको राजनीतिक आन्दोलनको इतिहासमा नेकपा एमालेको कुनै भूमिका नरहेको दाबी गरे।

उनले भने,उनले भने, ‘हामी क्रान्तिकारीहरुबीच एकता आवश्यक छ। हाम्रो जुटाई परिपक्व हुनुपर्दछ । हाम्रो जुटाइले क्रान्तिको रक्षा गर्नुपर्दछ । प्रचण्ड डाका हुन् । नेता किराँतीले क्रान्तिकारीहरुको उद्देश्य देश र जनताको मुक्ति गर्नु रहेको हुने तर डाँकाको उद्देश्य क्रान्तिकारीलाई दमन गर्ने र व्यक्तिगत स्वार्थमा लाग्ने हुन्छ भन्ने उदाहरण दिँदै उनले अबका केही दिनमा देशको एकजना पनि सहिद परिवार र जनमुक्ति सेना प्रचण्डको हातमा नरही जनक्रान्तिमा लामबद्ध हुने विश्वास व्यक्त गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083