चितवनबाट लागुऔषधसहित २ जना पक्राउ

8.5K
shares

चितवन । ठूलो परिमाणमा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नंं २ समीचोकमा लागुऔषध र नगदसहित चितवनका युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर २ बस्ने २५ वर्षका केशव घले र सोही वडामा बस्ने २४ वर्षका विशाल घले रहेका छन् । उनीहरुको साथबाट नगद ५ लाख ८० हजार १ सय ८० रुपैयाँसमेत बरामद गरिएको छ । डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुल पनि बरामद गरेको प्रहरीको भनाई छ ।

भरतपुर २ समीचोकमा केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको टोलीले २ जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

केशव र विशाललाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा केशव घलेले बोकेको झोलामा ती लागु औषध र नगद फेला परेका थियो । उनीहरु भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद ५ लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । चितवन प्रहरीले जिल्लालाई शान्ति र सुरक्षित बनाउन थ्रीएस अप्रेशन संचालन गरिरहेको छ । जस अन्तरगत विभिन्न अपराधिक कार्य गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ । त्यस्तै चितवन प्रहरीले फरार एक जना अभियुक्त पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083