कांग्रेसको विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा पेश, छलफल १३ गतेदेखि

5.11K
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको विधान मस्यौदा पेश भएको छ । आज (आइतबार) बसेको बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेश गरेका हुन् ।

समितिमा सहमति नजुटेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गरेको बताइएको छ । विधान मस्यौदामाथि यही मंसिर १३ गतेदेखि छलफल हुने कांग्रेसले जनाएको छ । मस्यौदा समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रदिप पौडेलका अनुसार मस्यौदा समितिमा सहमति नजुटेका विषयहरु पदाधिकारी र संसदीय समितिको संख्या र चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायत केही विषयका बारेमा मस्यौदा समितिमा फरक–फरक धारणा देखिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मस्यौदा पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको र १३ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083