पर्यटनमन्त्रीलाई गृहजिल्लामा कालोझण्डा, नयाँ शक्तिका ६ नेता पक्राउ

4.77K
shares

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाईएको हो ।

कालोझण्डा देखाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट रहेका छन् ।

उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए । संसदको लेखा समितिले दुईवटा वाइडबडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरेको छ । नेपाल वायुसेवा निगमले खरिब गरेको वाइडबडी विमानमा मोटो रकम घोटाला भएको समितिले दाबी गरेको हो ।


unigloble collage
baneshwor multiple campus ad -2083