स्थानीयको माग पूरा नगरेसम्म द्रूतमार्गको काम रोक्नुपर्छ : बडू

4.88K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ। नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले ललितपुरस्थित खोकना, बुङमतीलगायतका स्थानीय जनताको मागलाई सम्बोधन नगरेसम्म सो दू्रतमार्ग निर्माणको काम अघि नबढाउन सरकारसँग माग गरेका हुन्।

सोमबार सो द्रूतमार्ग निर्माण सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खोकना र बुङमतीका जनताको माग तत्काल सम्बोधन नगरे सो आयोजनाले भयावह मोड लिनेतर्फ पनि सरकारलाई सचेत गराए। मुआब्जालगायतका माग सम्बोधन नभई सो राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य सुरु भएकोमा खोकना र बुङमतीबासीको आक्रोश छ।

काँग्रेस नेता बडुले राष्ट्रले प्राथमिकता दिएको सो आयोजनाका पीडितको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले सो सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई समितिको बैठकमा बोलाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

बैठकमा संघीय समाजवादी फोरम, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले पनि सो दू्रतमार्ग निर्माणको नाममा सरकारले खोकना र बुङमतीका जनतालाई आतंकित बनाउने काम गरिरहेको आरोप लगाए। उनले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर मात्रै सो द्रू्रतमार्ग निर्माणको काम अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।


unigloble collage
baneshwor multiple campus ad -2083