फिलिपिन्सकी उपराष्ट्रपति चन्द्रागिरिको अनौपचारिक भ्रमणमा !

4.93K
shares

काठमाडौं । गणतन्त्र नाउरका राष्ट्रपति बरोन डिभाभेसी र फिलिपिन्सकी उपराष्ट्रपति मारीया लियोनर जि रोव्रेडोले चन्द्रागिरिको अनौपचारिक भम्रण गरेका छन् । शनिबार उच्च सुरक्षासहित भम्रणमा पुगेका गणतन्त्र नाउरका राष्ट्रपति बरोन डिभाभेसीले नेपालको उत्कृष्ट पर्यटकीय दृष्टिकोणले चन्द्रागिरि अनुपम र पर्यटकीय हिसावमा सुन्दर र आकर्षक गन्तव्यमा आउन पाउँदा आफू ज्यादै खुशी भएको बताएकी छन् ।

करीब १ घण्टा ४० मिनेट चन्द्रागिरिमा रहेका नाउराका राष्ट्रपति डिभाभेसीले चन्द्रागिरि हिल्सले दिएको आतिथ्यता महत्त्वपूर्ण र यहाँको उपस्थिति स्मरणीय रहने बताइन् । फिलिपिन्सकी उपराष्ट्रपति मारीया लियोनर जि रोव्रेडोले चन्द्रागिरि हिल्समा रहेको भालेश्वर मन्दिरमा पुजा अर्चना गर्दै टीका ग्रहण गरेकी हुन् । उनले करिव १ घण्टा ३० मिनेट प्राकृतिक दृष्यावलोकन गर्दै चन्द्रागिरिका मेयर घनश्याम गिरी र चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालसँग त्यहाँको वस्तु स्थितिबारे जानकारी लिएकी छन् ।

उनले चन्द्रागिरिको विकासको वारेमा घुमाउरो तरिकाले वाटोको अवस्था दयनीय बनेको कारण चिन्ता व्यक्त गरिन् । उनले चन्द्रागिरि प्राकृतिक एेतिहासिक र भौगोलिक अवस्था वारेमा जानकारी माग्दै चन्द्रागिरिबाट देखिने मनमोहक दृश्यले आफुलाई खुब लोभाएको र आगामी दिनमा परिवारसँग घुम्न आउने बताईन ।

चन्द्रागिरि हिल्स पुगेर आन्नदसँग हिमाल हेर्दै रमाउँदै फोटो खिच्दै गरेकी उपराष्ट्रपति मारीयाले आगामी दिनमा चन्द्रागिरिको पर्यटन विकासमा फलदायी हुने संकेत गरिन । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाले विदेशी प्रमुखको यस्तो भम्रणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने बताए ।

अध्यक्ष ढकालले देशको विकास समृद्धिमा राष्ट्रप्रमुख उपप्रमुखको चन्द्रागिरि हिल्सको भम्रणले समग्र पर्यटन क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने बताए । चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीले उपराष्ट्रपति मारियासँग चन्द्रागिरिको वस्तु स्थितिबारे जानकारी दिए । उनले विदेशी राष्ट्रप्रमुख र उपराष्ट प्रमुखको स्वागत गर्न पाउनु चन्द्रागिरि नगरको स्वभाग्य रहेको बताएका थिए ।