हिउँदे अधिवेशनमा नागरिकता विधेयक पेश हुने

5.5K
shares

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताएकी छन् । अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उनले जानकारी दिइन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको १ सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइपुगेका डा तुम्बाहाम्फे, सांसद नवीना लामा, पूर्वसभासद् तारा राई र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष कमला थापासँग अन्तक्र्रिया गरेको थियो ।

एनआरएन केन्द्रका उपाध्यक्ष कुल आचार्यले पनि नागरिकता निरन्तरताका निम्ति १५ वर्षदेखि लडिरहेको बताए । जनमुक्ति पार्टीका उपाध्यक्ष थापाले राजनैतिक अधिकार विनाको नागरिकता अपूरो भएको बताए । कार्यक्रममा एनआरएन बेलायतले नागरिकता विषयमा सुधार गर्न माग गर्दै उपसभामुखसमक्ष ज्ञापनपत्र पनि बुझाएको थियो ।