‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, भन्दै महेन्द्रनगरमा -याली

5.43K
shares

महेन्द्रनगर । निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा ¥याली सहित प्रदर्शन गरिएको हो । ¥यालीमा विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको सहभागिता रहेको थियो ।

पछि कोणसभा आयोजना भइरहेको छ । सभालाई उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ¥यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए सरकारले विभिन्न समिति गठन गरी घटनाको अनुसन्धान गरिरहेको छ ।