प्रधानमन्त्रीको निर्देशन अटेर गर्दै कर्मचारी घुमेको घुम्यै
वि.सं.२०७५ मंसिर १७ सोमवार १०:२२
5.25K
shares
shares

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अनावश्यक विदेश भ्रमण रोक्न पटक–पटक दिएको निर्देशन अटेर गर्दै केही कर्मचारी घुमघाममा व्यस्त छन् । आफ्नो जिम्मेवारीसँग असम्बन्धित विषयमा विदेश सयर गर्ने क्रम नरोकिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता कर्मचारीको सूची बनाउन थालेको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएयताका चार महिनामा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी विदेश गएका छन्। सामान्यबाट मंसिर १ मा १८ कर्मचारी कोरिया भ्रमणमा गएका छन् भने मंसिर ९ मा २० जना चीनको बेइजिङ उडेका छन्।
दुवै टोली दुई साता लामो भ्रमणमा गएका हुन्। त्यसलगत्तै सहसचिव रुद्रसिंह तामाङको नेतृत्वमा मन्त्री लालबाबु पण्डितका निजी सचिव रमेश अधिकारीसहित ९ जना कर्मचारी फिलिपिन्स भ्रमणमा गएका छन्।





























