माधव-एकनाथ कनेक्सनले नेकपामा भाँडभैलो, यसकारण गरे माधवले कार्यक्रम संयोजन

5.25K
shares

काठमाडौ‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवं पूर्चप्रधानमन्त्री माधव कुमार नेपाल विवादीत चर्चको कार्यक्रमका संयोजक रहेको तथ्य खुल्न आएको छ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा होटेल हायातमा सम्पन्न एसिया प्यासिफिक समिटको संयोजन गरिरहेका नेता नेपाल पार्टी भित्रै आलोचित बन्दै गएका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एवं युपिएफ नेपाल शाखा प्रमुख एकनाथ ढकालले विभिन्न समयमा नेता नेपाललाई विदेश भ्रमणमा लैजाने गरेपछि नजिकिएका उनीहरुको साझेदारी विवादीत चर्चको प्रचारमा समेत यथावत रहेको पाइएको छ ।

परिवार दलका अध्यक्ष ढकालले नेता नेपाललाई दर्जन बढि देश घुमाएर नेपालमा एसिया प्यासिफिक समिटको नाममा क्रिश्चियन धर्मको प्रचार गर्ने कार्यक्रमको सह(आयोजक बनाउन सफल भएका थिए । नेता नेपालले नै नेकपाका नेता तथा सरकारका प्रधानमन्त्री एवं अन्य मन्त्रीलाई कार्यक्रममा बोलाएका थिए ।